
काठमाडौं, साउन ३० । नवनियुक्त सञ्चारमन्त्री सुरेन्द्र कार्कीले आइतबार पदभार ग्रहण गरेका छन् ।
शीतलनिवासमा सपथ ग्रहण लगत्तै सिंहदरबास्थित संचार मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् ।
पदवहालीपछि संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले पदमा रहँदासम्म आफूले निष्पक्ष ढंगले काम गर्ने बताए ।
माओवादीबाट मन्त्री बनेकाहरुमध्ये संचारमन्त्री कार्कीले मात्रै सपथ ग्रहणका क्रममा राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्