मन्त्री महरा प्रधानमन्त्रीको विशेष दूतका रुपमा आज चीन जाने • Image Khabar Image Khabar


मन्त्री महरा प्रधानमन्त्रीको विशेष दूतका रुपमा आज चीन जाने


Imagekhabar
३१ श्रावण २०७३, सोमबार १६:५५

मन्त्री महरा प्रधानमन्त्रीको विशेष दूतका रुपमा आज चीन जाने

काठमाडौं, साउन ३१ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीको विशेष दूतका रुपमा आज चीन भ्रमणमा जाँदै छन् ।

उनी विहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । उनी छेन्दू हुँदै चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल पनि जानेछन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु र चिनियाँ पक्षसँग अघिल्लो सरकारले गरेका कतिपय सम्झौताका बारेमा नेपालका तर्फबाट आश्वस्त पार्नु यस भ्रमणको उद्देश्य रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

चीनमा रहँदा महराले नेपाल चीन सम्बन्धका पक्षका साथै राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गर्ने विषयमा चिनियाँ उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री महरा आगामी भदौ ३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले दुई छिमेकी देश चीन र भारतसँगको सम्बन्ध थप सुमधुर बनाउन भन्दै दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने निर्णय गरेको थियो । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भने विहीवार भारत जाने गरी गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्