१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सैनिक कल्याणकारी कोषमा कति पैसा जम्मा छ ?


0
Shares

काठमाडौं, साउन ३२ । सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्ममा ३३ अर्ब ६ करोड रुपैयाँ जम्मा भएको सैनिक कल्याणकारी कोषले जनाएको छ ।

कोषले मंगलबार आर्मी अफिसर्स् क्लबमा पत्रकार सम्मेलन गरी कोष यस वर्ष २ अर्ब ७१ करोडले बृद्धि भएको जानकारी दिइयो ।

सैनिक कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी गौरव तण्डुलले कोषअन्तर्गत्का विभिन्न निकायहरुमा गरिएको ४ अर्ब ४१ करोड रुपैयाँको हिसाबसमेत गर्दा कुल सम्पत्ति ३७ अर्ब ४७ करोड पुग्ने बताए ।

कोषबाट नेपाली सेनाले स्वास्थ्य सेवा, शिक्षा, आर्थिक राहत, बिमा, परिवार–आवास र सीपमूलक व्यवसायिक तालिम जस्ता कार्यहरु भइरहेको जनाइएको छ ।