महराले दिए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणापत्र • Image Khabar Image Khabar


महराले दिए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणापत्र


Imagekhabar
१ भाद्र २०७३, बुधबार ०१:५७

महराले दिए चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणापत्र

काठमाडौं, साउन ३२ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग मंगलबार भेटवार्ता गरेका छन् ।

नेपाली दूतावास बेइजिङकाअनुसार उपप्रधानमन्त्री महराले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जीन पिङलाई नेपाल भ्रमणको निमन्त्रणापत्रसमेत प्रदान गरे ।

यस्तै, उनले प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट समकक्षी ली खछयाङलाई पनि नेपाल भ्रमणको निमन्त्रणापत्र दिएका थिए ।

गत जुनमा उपराष्ट्रपति नन्दबहादुर पुनले गरेको चीन भ्रमणकाक्रममासमेत राष्ट्रपति भण्डारीले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएकी थिइन् ।

सो अवसरमा दुई नेताबीच आसपी हित, द्विपक्षीय सहयोगका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालको विशेष दूतकारुपमा उपप्रधानमन्त्री महरा सोमबार चीन प्रस्थान गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्