७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


होटलमा २२ वर्षीया युवती बलात्कृत, चार जना पक्राउ


0
Shares

पोखरा, वैशाख ३ । पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

सोमबार ती युवतीमाथि जबर्जस्ती करणी भएको र सोमबार नै चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो । (रासस)