गोर्खा स्पोर्टिङ पाथीभरा गोल्डकप फुटबलको फाइनलमा • Image Khabar Image Khabar


गोर्खा स्पोर्टिङ पाथीभरा गोल्डकप फुटबलको फाइनलमा


Imagekhabar
२ भाद्र २०७३, बिहीबार ०२:१६

गोर्खा स्पोर्टिङ पाथीभरा गोल्डकप फुटबलको फाइनलमा

ताप्लेजुङ, भदौ १ । गोर्खा स्पोर्टिङ क्लब दमक ताप्लेजुङमा जारी पाथीभरा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनल खेलमा पथरी स्पोर्टिङ क्लब मोरङलाई १–० ले हराउँदै गर्दै गोर्खा स्पोर्टिङले फाइनलमा ठाउँ बनाएको हो ।

गोर्खाको जितमा खेलको तेस्रो मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो ।

उपाधिका लागि गोर्खा स्पोर्टिङले विहीबार (भोलि) संघर्ष स्पोर्टिङ क्लब ताप्लेजुङको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्