२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेवि संघ अध्यक्षमा महर तथा महामन्त्रीमा काफ्ले र थापा विजयी


0
Shares

काठमाडौं, भदौ २ । नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनअन्तर्गत विहान सम्पन्न मतदानको मतगणना जारी छ ।

बिहीबार सम्पन्न मत परिणाम अनुसार १४३५ मत ल्याएर नैनसिंह महर  विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी मनोजमणि आचार्यले १३१६ मत ल्याएका छन् ।

त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा विजयी भएका छन् ।

विद्युतीय मतदान भएकाले मतगणना थालेको तीन घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चुन्न २० घण्टा लगाएर मतदान गरिएको थियो ।

कांग्रेस पार्टी कार्यालय सानेपामा हिजो सवा १२ बजेबाट थालिएको मतदान आज विहान ८ बजेपछि सकिएको हो । मत हाल्न विद्यार्थी रातभर लाइनमा जाग्राम बसेका थिए ।