
परासी, भदौ ३ । नवलपरासीको अरुण खोलास्थित चोरमारा जंगलमा एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार बा२च ३९६७ नम्बरको कारले नारायणघाटबाट बुटवल जाँदै गरेको ना१५प ६५९३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मृतक दुबैजना मोटरसाइकलमा सवार थिए ।
प्रतिक्रिया दिनुहोस्