 
	    काठमाडौं, भदौ ६ । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ ।
टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए ।
टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै करीब ७० जना घाइते भएका थिए ।
सिरियाको सीमादेखि करिब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस समुदाय रहने गर्दछन् । टर्कीमा पछिल्लो समय पृथकतावादी कुर्द लडाकू र आईएसबाट बारम्बार आक्रमण हुने गरेको छ । (एजेन्सी


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्