१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन


0
Shares

नेपालगन्ज, वैशाख १ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत चौथो राष्ट्रिय फेन्सिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बन्न सफल भएको छ ।

आर्मी ६ स्वर्ण र ४ रजतसहित १५ पदक जित्दै समग्रमा च्याम्पियन बनेको हो । दोस्रो भएको सशस्त्र प्रहरीको एपिएफ टिमले ३ स्वर्ण र ५ रजतसहित १३ पदक जितेको छ ।

त्यस्तै प्रदेश ३ ले ३ स्वर्ण र २ रजतसहित ११ पदक बटुल्दै तेस्रो स्थानमा चित्त बुझायो ।

प्रदेश १ ले ५ रजत, प्रदेश ४ ले २ रजत र सुदूरपश्चिम प्रदेशले १ कास्य हात पार्दै क्रमशः चौथोदेखि छैटौं स्थानमा रहे । नेपालगञ्ज रंगशालाको कभर्डहलमा चैत २८ गतेदेखि चार दिन चलेको प्रतियोगतामा एक सय २९ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।