
काठमाडौं, भदौ ९ । पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्ग योद्धाहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बिहीबार भेट गरेका छन् ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा घाइते, अपाङ्ग योद्धाका प्रतिनिधिहरुले आफ्ना समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
टोलीले युद्धका घाइतेहरुको अझै उचित उपचार हुन नसकेको, जीवन निर्वाह भत्ता अत्यन्तै न्यून भएको तथा राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचयपत्रको व्यवस्था नगरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटमा प्रधानमन्त्री दाहालले घाइते योद्धाहरुको निःशुल्क उपचारको व्यवस्था मिलाउने, जीवन निर्वाह भत्ता वृद्धि गर्न पहल गर्ने तथा राष्ट्रिय परिचयपत्रको व्यवस्था गर्ने आश्वासन दिए । उनले माओवादी जनयुद्धलाई सफल बनाउन भूमिका निर्वाह गरेका योद्धाहरुलाई आफूहरुले बिर्सन नसक्ने भन्दै सान्त्वनासमेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्