२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल हुने


0
Shares

पोखरा, भदौ ११ । पोखरामा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

४० वर्षमाथिका खेलाडीलाई लक्षित गरी आगामी कात्तिक ४ देखि ६ गतेसम्म प्रतियोगिता गर्न लागिएको कास्की जिल्ला बास्केटलबल संघले जनाएको छ ।

प्रतियोगितामा १२ टिमले भाग लिने बताइएको छ ।

प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले पहिलो हुने टिमलाई ४० हजार ४ सय ४४ र दोस्रो हुनेलाई २५ हजार ५ सय ५५ रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न चार लाख ७५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

पहिलोपटक पोखरामा भेट्रान्स बास्केटबल प्रतियोगिता गर्न लागिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बास्केटबल संघ कास्कीका अध्यक्ष नेत्रबहादुर सेनले बताए ।