२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


सिरियामा संघर्ष रोक्न अमेरिकाको अपिल


0
Shares

काठमाडौं, भदौ १४ । अमेरिकाले सिरियामा टर्र्कीस सेना र कुर्द समूहका बिद्रोहीबीच चलेको संघर्ष रोक्न अपील गरेको छ ।

अमेरिकाले दुई समूहबीच चलिरहेको संघर्ष आफूहरुलाई स्वीकार्य नभएको भन्दै रोक्न दुबै पक्षलाई अपील गरेको हो ।

इस्लामिक संगठन आईएसको कुनै पकड नभएको क्षेत्रमा चर्केको संघर्षको मारमा सर्वसाधारण परेको भन्दै अमेरिकाले तत्काल संघर्ष रोक्न भनेको हो ।

गत साता सिरियाको सीमा प्रवेश क्षेत्रमा टर्कीले आक्रमण गरेपछि कुर्द सेनाले जवाफी कारबाही गरेको थियो । जसमा दर्जनौंको ज्यान गएको थियो । (एजेन्सी)