
काठमाडौं, चैत ३० । इंग्लिस प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाईटेड विजयी भएको छ ।
गएराति भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई १–० गोलअन्तरले पराजित गरेको हो । न्यूक्यासलको जितमा अयोज पेरेजले ३२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
न्यूक्यासल ३४ खेलबाट ३९ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ । घरेलु मैदानमा हार ब्यहोरेको लेस्टर ४७ अंकसहित तालिकाको सातौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्