
काठमाडौं, भदौ १६ । अमेरिकाको फ्लोरिडा राज्यको केप क्यानाभेरलस्थित अन्तरिक्ष केन्द्रमा विहीबार विस्फोट भएको छ ।
‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपण गर्न तयारी गरेको अवस्थामा ‘लन्च प्याड’मा विस्फोट भएको बताइएको छ ।
विस्फोटका कारण कोशौं टाढा रहेका भवनहरुमासमेत कम्पन महसुस गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटका कारण भएको हताहतीकाबारेमा केही खुल्न सकेको छैन ।
नासाले ‘स्पेस एक्स’ कम्पनीले रकेट प्रक्षेपणको जाँच गरिरहेको र उसले आगामी हप्ताको अन्त्यमा ‘स्याटलाइट’ अन्तरिक्षमा लैजाने तयारीमा रहेको जनाएको छ ।
विस्फोटको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्