विश्वकप छनोटः सेन्टर विन्सेन्टको पोष्टमा अमेरिकाको ६ गोल • Image Khabar Image Khabar


विश्वकप छनोटः सेन्टर विन्सेन्टको पोष्टमा अमेरिकाको ६ गोल


Imagekhabar
१८ भाद्र २०७३, शनिबार १९:३६

विश्वकप छनोटः सेन्टर विन्सेन्टको पोष्टमा अमेरिकाको ६ गोल

काठमाडौं, भदौ १८ । विश्वकप छनोटअन्तर्गत आज भएको खेलमा अमेरिकाले शानदार जित हात पारेको छ ।

अमेरिकाले विश्वकप छनोटको चौथो चरणको खेलमा सेन्टर विन्सेन्ट एन्ड ग्रेनेडिन्सलाई ६–० ले हराएको हो ।

अमेरिकाले दुवै हाफमा तीन–तीन गोल गरेको थियो । २८ औं मिनेटमा बबी उडले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

त्यसैग्री ३२ औं मिनेटमा बेसलर तथा ४३ औं मिनेटमा पाएको पेनाल्टीमा जोजी अलटिडोरले गोल गरेपछि पहिलो हाफमा अमेरिकाले ३–० को अग्रता लियो ।

दोस्रो हाफको ७१ औं मिनेट र इन्जुरी समयमा क्रिस्टिएन पुलिसिक र ७८ औं मिनेटमा साचा काल्जेस्टनले गोल गरेपछि अमेरिका ६–० ले विजयी भयो ।

अहिलेसम्मका खेलका पाँच खेलमा तीनमा जितेको तथा एकमा बराबरी र एकमा हारेको अमेरिका १० अंकसहित समूह सी को शीर्ष स्थानमा छ ।

त्यसैगरी शुक्रबार राति भएको अर्को खेलमा क्यानडाले होन्डुरसलाई २–१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्