
सर्लाही, भदौ २० । तराईका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाईंदैछ । विशेष गरी तराईका मैथली समुदायमा मनाइने यो पर्वमा बेलुका ब्रतालुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिन्छन् ।
भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्न थालिएको धार्मिक विश्वास रहिआएको छ ।
यस पर्वमा चामल र गहुँको पिठोका विभिन्न परिकार बनाउनुका साथै फलफूल, मिठाई र दही पूजा सामग्रीका रुपमा प्रयोग गरिन्छ ।
माटोको भाँडोमा राखेर तयार पारिएको दही यो पर्वको लागि उपयुक्त मानिन्छ । आजैको दिन आ–आफ्ना मित्रलाई घरमा बोलाएर भोजन गराउने परम्परा पनि छ ।
चौठीचाँद बाबाको प्रतीकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निक्कै सावधानी पूर्वक राखिने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्