३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


एकाबिहानै दुईपटक भूकम्पको धक्का, दुबै पटक दोलखा केन्द्रबिन्दु


0
Shares

काठमाडौं, भदौ २० । सोमबार एकाबिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुबैपटक दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार गएका दुबै धक्का २०७१ साल बैसाखमा गएको शक्तिशाली भूकम्पको परकम्प हो ।

सोमबार बिहान ६ बजेर २२ मिनेटमा पहिलो धक्का महसुस गरिएको थियो । ओरङ र बिगुको बीचमा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको हो ।

लगत्तै ७ बजेर ४९ मिनेटमा अर्को धक्का महसुस भयो । दोस्रो धक्का पहिलोको तुलनामा केही शक्तिशाली थियो । भूकम्प मापन केन्द्रका अनुसार दोस्रो धक्का ४.५ म्याग्निच्यूडको थियो भने माबु नजिकै केन्द्रबिन्दु थियो ।