२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रधानमन्त्रीलाई ‘एसियन को–अपरेटिभ समिट’मा भाग लिन थाइ सरकारको निमन्त्रणा


0
Shares

                                                           फाइल फोटो

काठमाडौं, भदौ २० । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाइ सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितकाबारेमासमेत छलफल भएको थियो । रासस