
चितवन, भदौ २१ । तस्करले गोली हानेर घाइते बनाएको दुर्लभ एकसिंगे गैंडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ ।
भदौ ४ गते रौतहटमा घाइते अवस्थामा फेला परेको गैंडालाई चितवन राष्ट्रिय निकुन्जले उद्दार गरी उपचार गरिरहेको छ । निकुञ्जले मुख्य कार्यालय कसरामा पत्रकार सम्मेलन गरी गैंडाको उपचारबारे जानकारी दिएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले चिकित्सकहरुले उपचारका क्रममा गैंडाको जीउबाट छर्रा निकाल्न सफल भएको जानकारी दिए ।
गोली लागेर घाइते भएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्जले उद्धार गरेर सौराहा नजिकै जंगलमा ल्याएर छाडेको थियो ।
अहिले सौराहामा निकुञ्जको एक प्राविधिक टोली र नेपाली सेनाले गैंडाको उपचारका साथै रेखदेख गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्