२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024


बिसरती पर्वः महिषासुर दानवको टाउकाको भकुन्डो खेलिन्छ ! (भिडियोसहित)


0
Shares

डिल्लीराज पन्त (इमेज)
कन्चनपुर, भदौ २१ । बझाङबासीहरुले प्रमुख चाडकारुपमा मनाउने बिसरती पर्व कन्चनपुरमा पनि धुमधामले मनाइएको छ ।

भगवती दुर्गा–भवानीले महिषासुरको बध गरेको खुसियालीमा बझाङबासीले बिसरती पर्वकोरुपमा मनाउने गर्दछन् ।

बझाङमा धुमधामले मनाइने बिसरती पर्व पछिल्लो समय कन्चनपुरको तिलाचौरमा पनि मनाउने गरिएको छ । भदौ महिनामा मनाइने यो पर्व तीन दिनसम्म चल्ने गर्दछ ।

दुर्गा–भवानीले महिषासुर दानवलाई बध गरेको खुसियालीमा बिसरती पर्व मनाउने चलन छ ।

बडादसैंका बेला दुर्गा–भगवतीले महिषासुर दानवको बध गरेको किंबदन्ती रहेपनि बझांगी समुदायले भने माघ १६ गते, फागुन १६ र भदौ २० गतेलाई दुर्गा–भवानीले विशेष पूजा गरेर मनाउने गरेका छन् ।

माघ १६ गते महिषासुरको छाति चिर्ने भन्दै सल्लाको काठको लाकुडी बनाएर मन्दिरको छेउमा गाड्ने चलन छ भने फागुन १६ गते महिषासुरको टाउकाको भकुन्डो खेल्ने भन्दै गोरुको छालाको भकुन्डो बनाएर खेल्ने चलन छ ।

यसरी सबै ठाउँबाट देवीले महिषासुर दानवबाट मुक्त गरेको खुसियालीकारुपमा भदौ २० गते बिसरती पर्व मनाउने गरिएको छ ।

मेलामा रातभर जाग्राम बसेर महिला तथा पुरुषले डेउडा, ठाडी भाकालगायतका खेल खेल्ने गर्दछन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।