
काठमाडौं, भदौ २२ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले निजामती कर्मचारीलाई जनताप्रति उत्तरदायी भएर काम गर्न आग्रह गरेका छन् ।
जनताको करबाट तलब–भत्ता लिने निजामती कर्मचारीको पहिलो प्राथमिकता जनता नै हुनुपर्ने उनको भनाइ छ ।
बुधबार काठमाडौंमा नागरिक एकता समाजले गरेको कार्यक्रममा मन्त्री केसीले हरेक निजामती कर्मचारीको प्रथमिकतामा जनताको सेवा हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनताको नजरमा राम्रो कर्मचारी ठहरिन असल काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्