सातौं राष्ट्रिय खेलकुदः एथ्लेटिक्समा कोटा प्रणाली लागू • Image Khabar Image Khabar


सातौं राष्ट्रिय खेलकुदः एथ्लेटिक्समा कोटा प्रणाली लागू


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार ०१:३८

सातौं राष्ट्रिय खेलकुदः एथ्लेटिक्समा कोटा प्रणाली लागू

काठमाडौं, भदौ २२ । पूर्वाञ्चलमा मंसिरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्समा कोटा प्रणाली लागू हुने भएको छ ।

खेलकुदको तयारी सचिवालयको बैठकले एथलेटिक्सको पुरुष-महिलामा समान ४–४ भन्दा कम खेलाडी कोटा पाएका जिल्लालाई ४–४ कोटा नै उपलब्ध गराउने निर्णय गरेको हो ।

रिले स्पर्धालाई ध्यानमा राख्दै उक्त कोटा उपलब्ध गराउन लागिएको राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

४ भन्दा कम खेलाडी कोटा पाउने जिल्लाको संख्या १७ रहेको छ ।

थप खेलाडी कोटा माग गरेका जिल्लालाई आफ्नै खर्चमा खेलाडीलाई सहभागी गराउन सहमति दिने निर्णय भएको पनि राखेपले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्