२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


बेनी-जोमसोम सडक ६ दिनदेखि ठप्प


0
Shares

म्याग्दी, भदौ २३ । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकखण्ड अबरुद्ध हुँदा सर्वसाधारण समस्यामा परेका छन ।

गत बिहीबार रातिको भीषण वर्षाका कारण बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अबरुद्ध भएको हो ।

सडक अबरुद्ध भई सवारीसाधन नचल्दा दैनिक हजारौं यात्रु तथा सर्वसाधारण पैदलयात्राबाटै गन्तव्यतर्फ जान बाध्य छन् । सबैभन्दा बढी पर्यटक र कर्मचारी प्रत्यक्ष मारमा परेका छन् ।