
चितवन, भदौ २३ । छोराको मृत्यु भएको महिना नबित्दै दक्षिण चितवनको माडीमा एक महिलाले आत्महत्या गरेकी छिन् ।
माडी नगरपालिका–७ कीर्तनपुरकी २३ वर्षीया सङ्गीता रानाभाटले बुधबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सुमित रानाभाटकी श्रीमती सङ्गीताले आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
एक महिनाअघि उनका छोरा सोनिस रानाभाटको रोगका कारण मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
६ वर्षको पहिलो सन्तान सोनिसको मृत्युपछि उनी दुःखित हुँदै आएको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । सोही चिन्ताले घटना भएको आशङ्का गरिए पनि यकिन कारण भने खुलेको छैन ।
उनको शवलाई शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्