१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


आज ३७ औं शिक्षा दिवस मनाईंदै


0
Shares

काठमाडौं, भदौ २३ । ‘समृद्ध राष्ट्रका लागि जीवन उपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी आज ३७ औं शिक्षा दिवस मनाईंदै छ ।

शिक्षा मन्त्रालय तथा विभिन्न शैक्षिक निकायले यो दिवस मनाइरहेका हुन् ।

तत्कालिन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन सेप्टेम्बर ८ मा मनाउन थालिएको हो । यो दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ ।

जीवन उपयोगी शिक्षामा लगानी नारा तय गरेको भए पनि शिक्षामा राज्यले गर्ने लगानी भने बर्सेनि घट्दो छ ।

विगतमा मुलुकको कुल बजेटको १७ प्रतिशतसम्म शिक्षामा छुट्याइने गरेकोमा यस वर्ष करिब ११ प्रतिशतमा झारिएको छ ।

गत वर्षको विनाशकारी भूकम्पले विद्यालयका भवनहरुमा क्षति पुर्‍याएको छ । जसको पुनर्निर्माणको कार्य अझै हुन सकेको छैन ।

भूकम्पले ३१ जिल्लाका ७ हजार ९२३ विद्यालय भवनलाई पूर्णरुपमा क्षति पुर्‍याएको छ ।