
काठमाडौं, भदौ २३ । ‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आज ३७ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिन सेप्टेम्बर ८ मा मनाउन थालिएको हो ।
यो दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ ।
दिवसका अवसरमा शिक्षा मन्त्रालयले आज राष्ट्रपति निवास शितलनिवासमा गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विश्वविद्यालयबाट उत्कृष्ट हुनेहरुलाई नेपाल विद्या भूषणबाट विभुषित गरिन ।
यसरी विभुषितहरु हुनेहरुमा नेपाल विद्याभूषण क श्रेणीका १ सय ९०, ख श्रेणीका ८१ र ग श्रेणीतर्फ १५ जना छन् ।
त्यसैगरी राष्ट्रपति भण्डारीले स्नातक तहको नेपाल छात्रा विद्यापदक २६ जनालाई र प्रमाणपत्र तहको नेपाल छात्रा विद्यापदक ४ जनालाई प्रदान गरिन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रको चौतर्फी विकास र मुलुकलाई एकताको सुत्रमा बाँध्न शिक्षाको विकास अपरिहार्य रहेको बताइन् ।
उनले संविधान निर्माणपछि मुलुक आर्थिक विकासतर्फ उन्मुख रहेकोले यसलाई पुरा गर्न नयाँ पुस्ताले साथ दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले जीवनोपयोगी र गुणस्तरिय शिक्षाका लागि सरकार प्रयत्नशील रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्