‘न्यूनतम् पारिश्रमिक तत्कालै कार्यान्वयन नगरे चरणबद्ध आन्दोलन’ • Image Khabar Image Khabar


‘न्यूनतम् पारिश्रमिक तत्कालै कार्यान्वयन नगरे चरणबद्ध आन्दोलन’


Imagekhabar
२३ भाद्र २०७३, बिहीबार २२:५७

‘न्यूनतम् पारिश्रमिक तत्कालै कार्यान्वयन नगरे चरणबद्ध आन्दोलन’

भक्तपुर, भदौ २३ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले श्रमजीवि पत्रकारको न्यूनतम् पारिश्रमिक सन्चारगृहहरुले तत्कालै कार्यान्वयन नगरे महासंघले सन्चारगृहकेन्द्रित चरणबद्ध आन्दोलन गर्ने बताएका छन् ।

रफत सन्चार क्लबले विहीबार भक्तपुरमा गरेको साक्षत्कार कार्यक्रममा उनले न्यनूतम् पारिश्रमिक लागू गर्नेतर्फ सन्चारगृहहरुले ध्यान नदिएकोले सन्चारगृहकेन्द्रित आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

पत्रकार बिमालाई अझ फराकिलो बनाउँदै लैजाने र सरकारले स्वास्थ्य क्षेत्रमा दिने भनेको ५० प्रतिशत छुटलाई कार्यान्वयन गराउन सरकारले तत्कालै कदम चाल्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले नेपालमा औंलामा गन्न मिल्ने सन्चारमाध्यमबाहेक अरु मिडियाहरु आर्थिक संकटमा रहेको भन्दै मिडियालाई आर्थिकरुपमा सवल पार्न नसके समस्या जस्ताको तस्तै रहने बताए ।

प्रतिक्रिया दिनुहोस्