
काठमाडौं, असार २५ । संघीय संसद, प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा गृहमन्त्री रामबहादुर थापाले मुस्ताङमा भएको सडक दुर्घटनाकाबारेमा सदनलाई जानकारी गराएका छन् ।
असार २२ गते भएको सो टिपर दुर्घटनामा परी २० जना कामदारको मृत्यु भएको थियो ।
१२ जना घाइतेको मणिपाल अस्पताल पोखरामा उपचार भइराखेको मन्त्री थापाले जानकारी दिए ।
मृतकका परिवारलाई राहतस्वरुप जनही रु पाँच लाख दिइने उनले सदनलाई जानकारी गराउँदै घाइतेको अवस्था सुधारोन्मुख रहेको बताए । रासस
प्रतिक्रिया दिनुहोस्