उच्च शिक्षासम्बन्धी छुट्टै ऐन ल्याउने तयारी • Image Khabar Image Khabar


उच्च शिक्षासम्बन्धी छुट्टै ऐन ल्याउने तयारी


Imagekhabar
२४ भाद्र २०७३, शुक्रबार १७:५८

उच्च शिक्षासम्बन्धी छुट्टै ऐन ल्याउने तयारी

चितवन, भदौ २३ । शिक्षामन्त्री धनीराम पौडेलले विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न उच्च शिक्षासम्बन्धी छुट्टै ऐन ल्याउने बताएका छन् ।

प्रेस सेन्टर चितवनले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले सबैजसो विश्वविद्यालयमा विभिन्न समस्या रहेको भन्दै उच्च शिक्षासम्बन्धी छुट्टै ऐन बनाएर त्यस्ता समस्याको समाधान गरिने बताएका छन् ।

उनले चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको समस्या पनि उच्च शिक्षा ऐन बनेपछि समाधान हुने दाबी गरे ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसलाई कृषि तथा वनविज्ञान विश्वविद्यालयको रुपमा परिणत गरेपछि सुरुदेखि नै विवाद सिर्जना भएको छ ।

मन्त्री पौडेलले सबै विश्वविद्यालयलाई नियमन गर्न उच्च शिक्षा ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्