काठमाडौं, भदौ २५ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पाराओलम्पिकमा काजकस्तानकी ५० वर्षीया पौडी खेलाडीले स्वर्णपदक जितेकी छन् ।
५० वर्षीया जुल्फिया गाबिदुलिनाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जितेकी हुन् । उनले काजकस्तानलाई पाराओलम्पिकमा इतिहासमै पहिलोपटक स्वर्ण दिलाएकी छन् ।
उनले ४३ दशमलव २२ सेकेन्डमा दुरी पार गरेर नयाँ विश्व कीर्तिमान बनाइन् ।
खुट्टा नभएकी जुल्फिया यसअघि ह्विलचेयर धाविका थिइन् । उनले ३० वर्षको उमेरपछिमात्र पौडी सुरु गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्