१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


इन्द्रजात्राअघिको देवीनाच किलागलमा देखाइयो


0
Shares

काठमाडौं, भदौ २५ । इन्द्रजात्रा सुरु हुनुभन्दा अघि गरिने देवीनाच शनिबारदेखि सुरु भएको छ ।

इन्द्रजात्राको दिनसम्म गरिने देवीनाच शनिबार काठमाडौंको किलागलमा देखाइएको छ ।

विशेष गरी कुमारीलाई देखाउन देवीनाच गर्ने परम्परा रहँदै आएको छ ।

किलागलवाट सुरु गरिने देवीनाच इन्द्रचोक, लगनलगायतका स्थानमा पनि देखाउने गरिन्छ ।

लिच्छिवीकालदेखि यो नाच सुरु गरिएको बताइन्छ ।