Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


‘मानसिक तनाव आत्महत्याको प्रमुख कारण’


0
Shares

काठमाडौँ, भदौ २५ । “विश्व आत्महत्या रोकथाम दिवस” आज यहाँ प्रभातफेरी कार्यक्रमको आयोजना गरि मनाइयो ।

द स्कुल अफ साइकोलोजी नेपाल र साइकडेस्क फाउण्डेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मनोविज्ञान विभाग, युवा सहकार्य नेपाल, रक्षा नेपाल र आइसिडिसी नेपाललगायत विभिन्न सङ्संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता थियो ।

हरेक वर्ष सेप्टेम्बर १० तारिख विश्व आत्महत्या रोकथाम दिवसका रुपमा मनाउने गरिन्छ । त्रिचन्द्र कलेज मनोविज्ञान विभागका उपप्राध्यापक डा नरेन्द्रसिह ठगुन्नाले सबैभन्दा बढी आत्महत्या हुने विश्वका १० देशमध्ये नेपाल सातौँ रहेको उल्लेखगर्दै आत्महत्या रोकथामका लागि नेपालमा व्यापक जनचेचना जगाउनुपर्ने बताए।

उनले नेपालमा हरेक दिन करिब एक दर्जन व्यक्तिले कुनै न कुनै कारणले आत्महत्या गर्ने गरेको जानकारीदिदैं दक्षिण एसीयाली सहयोग सङ्गठन ९सार्क० राष्ट्रमा श्रीलङ्कापछि बढी आत्महत्या हुने देश नेपाल रहेको छ भने ।

कान्तिपुर अस्पतालका मानसिक तथा नशा रोग विशेषज्ञ डा नरेन्द्र कटवालले नेपालमा आत्महत्या गर्ने मुख्य कारण मानसिक तनाव हो भन्दै “बेरोजगारी, तनाव, लागुऔषध, अत्याधिक मदिरा सेवन, घरायसी समस्या, र कसै कसैले वंशाणुगत कारणले पनि आत्महत्या गर्ने गरेको छ” बताए । रासस