
काठमाडौं, भदौ २६ । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले वातावरण संरक्षणमा योगदान गर्ने उद्देश्यले वृक्षरोपण लगायत पर्यावरण संरक्षण तथा प्रवर्द्धन सम्बन्धि जनचेतना अभिवृद्धिका कार्यक्रम संचालन गरेको छ ।
कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा रोपेको जनाएको छ ।
स्थानीय समुदायलाई यो अभियानमा समावेश गर्दै दिगो पर्यावरण संरक्षणका लागि संरक्षित वन वरपरका विद्यालय लगायत स्थानीय लक्षित विविध जनचेतनामुलक तथा क्षमता विकासका कार्यक्रम गरेको एनसेलले जनाएको छ ।
एनसेलले हालसम्म आफ्नो सम्पूर्ण नेटवर्कमा ६.१० प्रतिशत पूर्णरुपमा सौर्य उर्जाबाट र ७.७६ प्रतिशत सौर्य उर्जा ब्याकअप भएको हाईब्रिड पावर सोलुसन्स्बाट चल्ने टावरहरु संचालन गर्दै आएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्