
काठमाडौं, भदौ २६ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको ‘सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ’ प्रदर्शनी आइतबार सम्पन्न भएको छ ।
सुचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित क्यान कमटेक मेलाको अपेक्षाभन्दा बढी १ लाख ७० हजार ७ सय ७६ जना दर्शकले अवलोकन गरेको आयोजक क्यान महासंघले जनाएको छ ।
कम्युनिकेशन टेक्नोलोजीलाई विशेष प्राथमिकता राखेर आयोजित मेलामा ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, इलेक्ट्रोनिक्स सेक्यूरिटी तथा सेफ्टी एण्ड सोलुसन्स, हार्डवेयर सेल्स एण्ड मेन्टीनेन्स् लगायत गरी एक सय ओटा स्टल रहेका थिए ।
प्रदर्शनीमार्फत नेपाली बजारमा थुप्रै नयाँ प्रविधिहरु भित्रिएको पनि महासंघले जनाएको छ । प्रदर्शनीमा लागेको भिड र कम्पनीहरुले ल्याएको प्रविधिहरुको नयाँ नयाँ संस्करणले नेपालमा प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा टेवा पुर्याउने महासंघको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्