Logo ८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026


अलैंचीको मूल्यमा भारी गिरावट, प्रतिमन ६० हजार मात्र


0
Shares

पाँचथर, भदौ २७ । अलैंचीको मूल्यमा भारी गिरावट आएपछि पूर्वी नेपालका कृषक चिन्तित बनेका छन् ।

२ वर्षअघि प्रतिमन १ लाख २० हजार रुपैयाँ बिक्री भएको अलैंची अहिले भने ६० हजारमा झरेपछि कृषक चिन्तित बनेका हुन् ।

अलैंची निकालेर बिक्री गर्ने सिजनको सुरुवातमै मूल्य नपाएको कृषकहरुको भनाइ छ ।

अलैंचीमा धुँवाजन्य पुल्ठो लगाउने, पानी हाल्ने, धुलो, चुरुम्फो मिसाउने जस्ता कारणले वाह्य मुलुकमा निर्यात गर्न समस्या देखिएकाले मूल्यमा कमी आएको हुन सक्ने नेपाल अलैंची ब्यवसायि महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले जानकारी दिए ।

अलैंचीले मूल्य नपाएपछि कृषक मात्रै नभई ब्यापारी पनि चिन्तित बनेका छन् । कृषकसँग खरिद गरेर राखेको अलैंची बिक्री नभएको व्यवसायीहरुको भनाइ छ ।

पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङखुवासभालगायत ३८ जिल्लामा अलैंची खेती हुने गरेको छ ।

नेपालबाट वार्षिक पाँच हजार टनभन्दा धेरै अलैंची बाहिरी देश निर्यात हुने र ६ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको अलैंची व्यवसायी महासंघको तथ्यांक छ ।