हिलारीलाई निमोनिया, अशक्तले केही गर्न नसक्ने ट्रम्पको भनाइ • Image Khabar Image Khabar


हिलारीलाई निमोनिया, अशक्तले केही गर्न नसक्ने ट्रम्पको भनाइ


Imagekhabar
२७ भाद्र २०७३, सोमबार १९:४८

हिलारीलाई निमोनिया, अशक्तले केही गर्न नसक्ने ट्रम्पको भनाइ

काठमाडौं, भदौ २७ । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई निमोनिया भएपछि चुनावी प्रचार अभियान केही दिनका लागि रद्द गरिएको छ ।

क्लिन्टनका निजी चिकित्सकका अनुसार केही समयका लागि आराम गर्नुपर्ने भएकाले चुनावी प्रचार अभियान रोकिएको हो ।

यसैबीच रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो उमेर हिलारी क्लिन्टनको भन्दा दुई वर्ष मात्रै बढी भए पनि आफू पूर्णरुपमा स्वस्थ रहेको प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति बन्नका लागि मानसिक र शारीरिक रुपमा स्वस्थ रहनुपर्ने बताए ।

आतंकवादी समूह आईएसका कार्यकर्ताको सामना गर्न राष्ट्रपति स्वस्थ रहनुपर्ने भन्दै उनले शारीरिक असक्तहरुले देशका लागि केही गर्न नसक्ने प्रतिक्रिया दिए । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्