
काठमाडौं, भदौ २७ । सोमबार शेयरबजार सामान्य अंकले सकारात्मक रहेर थामियो ।
गत मंगलबारदेखि लगातारजसो ऋणात्मक रहँदै आएको शेयरबजार यसदिन सामान्य अंकले धनात्मक रहन गएको हो ।
बजार परिसूचक नेप्से उतार–चढावबीच करिब २ अंकले धनात्मक रहेर १८ सय १८ मा आएर थामियो । जलविद्युत् र अन्यबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से धनात्मक रहन गएको हो ।
बीमा समूह सबैभन्दा उच्च ४९ अंकले उकालो लाग्यो । विकास बैंक समूह पनि ७ अंकले सकारात्मक रह्यो भने होटल र वाणिज्य बैंक समूह सामान्य अंकलेमात्र हरियो रहे । जलविद्युत् समूह ३५ अंकले ओरालो लाग्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको २९ लाख कित्ता शेयर १ अर्ब २० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्