Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


खुकुरी देखाएर जोरपाटीमा मनि ट्रान्सफरको तीन लाख लुटियो


0
Shares

साँखु, चैत २६ । जोरपाटीको चामुन्डा गेटस्थित पाथीभरा मनि ट्रान्सफरको मंगलबार रु तीन लाख नगद लुटपाट भएको छ ।

मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठको झोलामा राखिएको उक्त रकमसहित काउन्टरबाट करिब रु २० हजार लुटपाट भएको प्रहरीले जनाएको छ ।

पीडितले काठमाडौंको जोरपाटीस्थित नबिल बैंकबाट पैसा निकालेर मनि ट्रान्सफर पुगेपछि सटर खोलेर सफा गर्नेक्रममा एक्कासि भित्र छिर्दै तीनजनाको समूहमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेको बताएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।

प्रहरीले घटनाको थप अनुसन्धानका साथै लुटेराको खोजतलास जारी रहेको जनाएको छ । रासस