एभर्टनले सण्डरल्याण्डलाई हरायो, लुकाकुले गरे ह्याट्रिक • Image Khabar Image Khabar


एभर्टनले सण्डरल्याण्डलाई हरायो, लुकाकुले गरे ह्याट्रिक


Imagekhabar
२८ भाद्र २०७३, मंगलवार १५:१७

एभर्टनले सण्डरल्याण्डलाई हरायो, लुकाकुले गरे ह्याट्रिक

काठमाडौं, भदौ २८ । बेल्जियन स्ट्राईकर रोमेलु लुकाकुले ११ मिनेटको अन्तरालमा ह्याट्रिक गरेपछि इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति एभर्टनले सण्डरल्याण्डलाई ३-० ले हराएको छ ।

सण्डरल्याण्डको मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा लुकाकु नायक बने ।

६१ औं मिनेटमा पहिलो गोल गरेका ल्ुकाकुले ६८ र ७१ औं मिनेटमा दुई गोल थप्दै आफ्नो ह्याट्रिक पुरा गरेका हुन् ।

लुकाकुको यो गोल जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा पहिलो गोल हो । सोमबार रातिको जितसँगै एभर्टन प्रिमियर लिगको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

४ खेलबाट उसको १० अंक छ भने समान १० अंक जोडेको चेल्सी गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको १२ अंक छ ।

 

प्रतिक्रिया दिनुहोस्