
नयाँदिल्ली, भदौ ३१ । भारतको चारदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
भारतीय राष्ट्रपति भवनमा शुक्रबार भएको सो भेटमा दुवै मुलुकको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको थियो ।
भेटमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसमेत सहभागी थिए ।
यसअघि प्रधानमन्त्री दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गरेका थिए ।
प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार नै भेटघाट गर्ने कार्यक्रम छ । (रासस)
प्रतिक्रिया दिनुहोस्