रेडबुल फुटसल लिग असोज १० देखि, विजेतालाई १० लाख • Image Khabar Image Khabar


रेडबुल फुटसल लिग असोज १० देखि, विजेतालाई १० लाख


Imagekhabar
१ आश्विन २०७३, शनिबार ०२:४६

रेडबुल फुटसल लिग असोज १० देखि, विजेतालाई १० लाख

काठमाडौं, भदौ ३१ । फुटबल खेललाई अझै उचाइमा पुर्‍याउन रेडबुल र आमा इभेन्ट म्यानेजमेन्टको सहकार्यमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता ‘रेडबुल फुटसल लिग २०७३’ को आयोजना हुने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । असोज १० गतेदेखि राजधानीमा सुरु हुने यो प्रतियोगिता फुटसल क्षेत्रको ठूलो प्रतियोगिता भएको आयोजकको दाबी छ ।

प्रतियोगितामा १६ टिमले सहभागिता जनाउनेछन् । उक्त टिमहरुलाई दुई भागमा विभाजन गरी खेलाइने आयोजकले जनाएका छन् ।

लिग विजेता टिमलाई १० लाख र उपविजेतालाई ५ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।

साथै सर्वाेत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट गोलरक्षकले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्