Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


इपीएल क्रिकेटको पहिलो खेल स्थगित, विशाल वारियर्स र कान्तिपुर गोर्खाजले अंक बाँडे


0
Shares

काठमाडौं, असोज ८ । राजधानीमा शनिबारदेखि सुरु भएको घरेलु ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (इपीएल)को पहिलो खेल स्थगित भएको छ ।

प्रतियोगिताअन्तर्गत् शनिबार बसन्त रेग्मीको कप्तानीमा रहेको कान्तिपुर गोर्खाज र पारस खड्काले नेतृत्व गरेको विशाल वारियर्सबीच खेल हुने तय भएको थियो ।

तर, लगातारको वर्षाका कारण खेल स्थगित भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

असोज १७ गतेसम्म चल्ने प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । जोहरा स्पोर्टस् म्यानेजमेन्टको आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’का आधारमा सन्चालन हुनेछ ।

सहभागी टोलीमा पञ्चकन्या तेजको नेतृत्व शरद भेषावाकर, विशाल वारियर्सको नेतृत्व पारस खड्का, जगदम्बा राइनोजको नेतृत्व शक्ति गौचन, कलर्स एक्स फ्याक्टर्सको नेतृत्व ज्ञानेन्द्र मल्ल, कान्तिपुर गोर्खाजको नेतृत्व बसन्त रेग्मी तथा सगरमाथा लिजेन्ड्सको नेतृत्व विनोद भण्डारीले सम्हालेका छन्् ।

प्रतियोगिताअन्तर्गत् आइतबार पञ्चकन्या तेज र जगदम्बा राइनोज तथा कान्तिपुर गोर्खाज र सगरमाथा लिजेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।