२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025


झापामा करेन्ट लागेर महिलाको मृत्यु


0
Shares

रविन भट्टराई

बिर्तामोड, असार २५ । झापाको बिर्तामोडमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बिर्तामोड नगरपालिका–२ की अन्दाजी ६५ वर्षकी धनमाया लिम्बुको आइतबार साँझ करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा तार छिनेएको देखेपछि जोड्ने क्रममा करेन्ट लागेर घाइते भएकी लिम्बुको उपचारका क्रममा साँझ बिएनसी अस्पताल बिर्तामोडमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ ।