१९ मंसिर २०८०, मंगलबार | Wed Dec 6 2023


भारतीय नोटसहित एक जना पक्राउ


0
Shares

पर्सा, असार २४ । अवैध भारतीय नोटसहित पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

अवैध रुपमा विदेशी मुद्रा नेपाल भित्र्याँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इनरुवाबाट खटिएको प्रहरीको टोलीले ८ लाख १ हजार २ सय भारतीय रुपैयाँसहित भारतको बिहार मोतिहारी जिल्ला सुगौली–११ बस्ने अभिजितकुमार सर्राफलाई पक्राउ गरेको हो ।

उनका साथबाट प्रहरीले रकम ओसार्न प्रयोग गरेको एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।