
-बल्पना बोहरा/ईमेज:
अछाम, असार २४ । जिल्ला प्रहरी कार्यालय अछामले अवैध घरेलु मदिरा विरुद्धको अभियानलाई तीव्रता दिएको छ ।
प्रहरीले सदरमुकाम मंगलसेनका विभिन्न वडाबाट अवैध मदिरा नियन्त्रणमा लिइ नष्टसमेत गरेको छ ।
दुई दिनको अवधिमा मदिरा र मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ गरी चारसय लिटर मदिरा नष्ट गरेको छ ।
प्रहरीले मंगलसेन नगरपालिकाको वडा नं ४ मा रहेको सिर्जना चोक आसपास र वडा नं ५ को मंगलसैन बजारमा खानतलासी गरी यो परिणामको मदिरा नष्ट गरेको हो ।
अवैध घरेलु मदिरा उत्पादन हुन्छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा अवैध घरेलु मदिरा बनाउन राखिएको कच्चा पदार्थ (पास) र अवैध घरेलु मदिरा गरी चारसय लिटर नष्ट गरेको प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले बताए ।
अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिएका भाँडावर्तन समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
मदिराका कारण अछाममा झै–झगडा बढ्नुका साथै घरेलु हिंसा बढेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्