६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


संचार संस्थामा नियुक्ती गरिएका पत्रकारहरु हटाइएकोमा प्रेस युनियन रुष्ट


0
Shares

काठमाडौं, असार २४ । शेर बहादुर देउवा प्रधानमन्त्री भएको पालामा विभिन्न संचार सम्बद्ध संस्थामा प्रक्रियागत रुपमा नियुक्ती गरिएका पत्रकारहरुलाई कार्यविधी मिचेर हटाइएकोप्रति नेपाल प्रेस युनियनले कडा शब्दमा आपत्ति जनाएको छ ।

आइतबार युनियनका महासचिब अजयबाबु शिवाकोटीले एक विज्ञप्ती जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यविधी मिचेर राजनीतिक पूर्वाग्रहका आधारमा हटाइनु दुई तिहाइको दम्भ भएको प्रष्ट पारेको छ ।

युनियनले अवधी पुरा नभइ हटाइएका गोरखापत्र संस्थानमा महाप्रवन्धक, बसन्तप्रकाश उपाध्यय, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, सदस्यहरु विमला भण्डारी र गोविन्द कोइराला साथै नेपाल टेलिभिजन संचालक समिति सदस्य गोविन्द धिताल, राष्ट्रिय समाचार समितिका सदस्य एकराज पाठकलगायतका अन्य संचार सम्बद्ध संस्थाबाट हटाइएकाहरुलाई तुरुन्तै पुर्नवहाली गरी काममा फर्काउन माग गरेको छ ।

युनियनले सबै आस्था र विचार राख्ने पत्रकारहरुलाई समान रुपमा काम गर्ने वातावरण बनाउनुको सट्टा जवरजस्ती हटाइएकोमा आफूहरु कानुनी लडाइ लड्न बाध्य हुने पनि चेतावनी दिएको छ ।