Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


वैदेशिक रोजगार विभागका नासु घुस रकमसहित पक्राउ


0
Shares

काठमाडौं, चैत ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग बुद्धनगरमा कार्यरत् नायब सुब्बा रामकुमार फुयाँललाई रु ६० हजार घुस लिएको आरोपमा रकमसहित नियन्त्रणमा लिएको छ ।

वैदेशिक रोजगारको लेनदेनको कागजमा साक्षी बसेका सेवाग्राहीलाई निजविरुद्ध उजुरी परेको र निजको नाममा पक्राउपुर्जी जारी गरिदिन्छु भन्दै पटक–पटक कार्यालयमा बोलाएर डर–धम्की देखाइ सेवाग्राहीसँग घुस मागेको अख्तियारले आरोप लगाएको छ ।

नासु फुयाँलले सेवाग्राहीसँग रु ६० हजार घुस लिएर जोरपाटीचोकमा फलफूल पसल गर्ने ध्रुव खड्कालाई राख्न दिइ केही समयपछि उनै खड्कासँग उक्त घुसवापतको रकम लिँदै गर्दा उनीहरु दुवैजनालाई गोकर्णेश्वर नगरपालिका–५, जोरपाटीचोकस्थित सापकोटा मिठाइ भन्डारबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो । रासस