२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


काठमाडौं महानगरले मनायो २२ औं बार्षिकोत्सव


0
Shares

काठमाडौं, मंसिर २९ । ‘स्वच्छ, सफा र हराभरा काठमाडौं’ भन्ने नाराका साथ काठमाडौं महानगरपालिकाले आज २२औं वार्षिकोत्सव मनाइरहेको छ ।

यसै अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नेपालमा रहेको ऐतिहासिक धरोहरहरु विश्वकै उत्कृष्ट हुन् भन्दै उचित संरक्षणको अभावमा ओझेलमा पर्न सक्ने खतरा बढेको बताए ।

उनले महत्वपूर्ण धरोहर संरक्षण गर्दै शहरलाई स्वच्छ र सफा राख्नु महानगरको मूख्य दायित्व रहेको उल्लेख गरे ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले शिक्षा, स्वास्थ्य जस्ता विषयपनि महानगरपालिकाअन्तर्गत राख्ने तयारी सरकारले गरिरहेको जानकारी गराए ।

उनले थप जिम्मेवारी पूरा महानगरपालिका दृढतापूर्वक लाग्नुपर्ने बताए । महानगरले आगामी पुष १ गतेदेखि सार्वजनीक यातायातको साधनबाट फोहोर बाहिर फाल्नेलाई कारवाही गर्ने जनाएको छ ।

यस्तै नगरको सुन्दरता कायम राख्न विशेष कार्यक्रम ल्याउने पनि जनाएको छ । यसअघि महानगरपालिकाले राजधानीको वसन्तपुरदेखि राष्ट्रिय सभागृहसम्म र्‍याली निकालेको थियो ।