५१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण « Image Khabar


५१ जना विद्यार्थीलाई न्यानो कपडा वितरण


Imagekhabar
२९ मंसिर २०७३, बुधबार १५:३२

विराटनगर, मंसिर २९ । स्थानीय समाजसेवीको पहलमा विराटनगरको शंकरपुरस्थित शंकर प्राथमिक विद्यालयका ५१ जना विद्यार्र्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी समाजसेवी दिनबन्धु गोयलले विद्यालयमा निम्न आयस्रोत भएका बालबालिकालाई न्यायो कपडा वितरण गरेका हुन् ।

केही दिनयताबाट चलेको शीतलहरले स्कुले बालबालिका प्रभावित भएको खबर थाहा भएसँगै आफूले स्वेटर र टोपी वितरण गरेको उनले जानकारी दिए ।

विराटनगरको शंकरपुरमा रहेको सो विद्यालयमा अतिविपन्न वर्गका ६१ जना बालबालिका अध्ययनरत् छन् ।

तराईका जिल्लामा केही दिनयताबाट चलेको शीतलहरका कारण अधिकांश सरकारी विद्यालय बन्द गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्